संसद भवनको निर्माण ढिलाइबारे सभामुख असन्तुष्ट

संसद भवनको निर्माण ढिलाइबारे सभामुख असन्तुष्ट


काठमाण्डु-निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन् । बुधबार पूर्व जानकारी बिना आकस्मिक सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून थियो । पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिए ।

तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो । ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न सकेनन् ।

यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज सिंहदरवारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।