संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही


सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए ।

यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही थिए । पार्टी एकीकरणपछि लामो समय संसदीय दलको नेताविहीन नेकपा कर्णाली प्रदेशले निरन्तरको छलफल र बैठकपछि वैधानिक रुपमा पुस २ गतेदेखि संसदीय दलको नेता पाएको छ ।