सांसद लेखराज भट्टद्वारा हिमपातमा फसेकालाई उद्धार गर्न गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण

सांसद लेखराज भट्टद्वारा हिमपातमा फसेकालाई उद्धार गर्न गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण


काठमाडौँ – सांसद लेखराज भट्टले बैतडीको धरमपुरलगायतका ठाउँमा हिमपातका कारण बाटोमा फसेका यात्रुको उद्धार गर्न माग गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टले गृहमन्त्री रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हिमपातमा फसेकालाई उद्धार गर्न माग गरेका हुन् ।

विगत केही दिनदेखि बाक्लो हिमपातका कारण उक्त ठाउँमा यात्रु विचल्चीमा परेपछि सांसद भट्टले गृहमन्त्री र मुख्यमन्त्रीसँग तत्काल उद्धारका लागि टोली खटाउन र राहत सामग्री वितरण गर्न अनुरोधसमेत गरेका छन्।

“तीन दिनदेखि यात्रु अलपत्र पर्दासमेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो आएपछि तत्काल खाद्यान्न सामग्री र कम्बलसहित उद्धारका लागि आग्रह गरेको हुँ” उनले भने , “प्रदेश तहमा प्राकृतिक प्रकोपका घटनामा तत्काल उद्धार गर्ने संयन्त्र बनाउनु जरुरी छ ।” बैतडी, डडेल्धुरा, दार्चुला बझाङलगायतका पहाडी जिल्लामा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ ।