प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। बैठक अब आइतबार ११ बजे बस्ने छ ।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको छ।

सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटेन।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।