संसदमा प्रधानमन्त्रीकाे जवाफः नबोलौँ खै बोलेको भन्छन्, बोलौँ किन बोलेको भन्छन्

संसदमा प्रधानमन्त्रीकाे जवाफः नबोलौँ खै बोलेको भन्छन्, बोलौँ किन बोलेको भन्छन्


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि विपक्षी दल नेपाली कांग्रेसले अनौठो व्यवहार देखाउन थालेको बताएका छन्। आइतबार संसदलाई सम्बोधन गर्दै सरकारले एउटा सपना देखेर त्यही मार्गमा हिँडिरहेको अवस्थामा विपक्षीले अनौठो व्यवहार देखाइरहेको बताए।

उनले आफू समृद्ध नेपाल र सुखी नेपालीको नारासहित अघि बढेको बताए। तर प्रतिपक्षले अनावश्यक रुपमा प्रधानमन्त्रीको आलोचना गरिरहेको छ। ‘सरकारले के गर्दै छ भनेर प्रश्न सोधिन्छ, हामी यसो गर्दै छौं भनेर बोल्छु। त्यसपछि प्रधानमन्त्री बढी बोल्यो भनिन्छ। अनि ठिकै छ त नबोलौँ भन्छु। अनि फेरि प्रधानमन्त्रीले किन जवाफ नदिएको भनेर आलोचना गरिन्छ।’ उनले भने। यसरी अनावश्यक रुपमा अनौठो व्यवहार देखाइएको बताए।

प्रधानमन्त्री अाेलीले अहिले आफूहरु सामान्य अवस्थामा नभएको र एउटा प्रक्रियामा काम गरिरहेको बताए। राणा शासनको अन्त्य र पञ्चायत अन्त्य पछिको जस्तो अवस्थामा अहिलेको सरकार रहेको प्रधानमन्त्री अाेलीले बताए। त्यसैले संघीयताको कार्यान्वयन र लोकतान्त्रिक शासनका लागि सरकार प्रतिबद्ध रहेको बताए।