दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली


काठमाण्डु–दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

दक्षिण सुडानमा तैनाथ श्री नाथ गण (शान्ति सेना) चौधौं डफ्फाको पहिलो टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

बुधबार चौधौं डफ्फाको १७५ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रमुख सेनानी सुरेश देवकोटाको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा दक्षिण सुडान प्रस्थान गरेको हो ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७३ जना शान्ति सैनिकहरु सेनानी कुमार गुरुङ्गको नेतृत्वमा भाद्र १८ गते स्वदेश फिर्ता भएका थिए ।