काठमाण्डु- राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहमा सहभागि हुन संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ ।
राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाईप्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो ।
प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको पत्र मार्फत उल्लेख गरिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया