काठमाण्डु-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा टापुमा सोमबार बिहानदेखि कोशीको बाढी पसेको छ । गोबरगाढा बस्तीका घरहरूमा दुईदेखि चार फिटसम्म पानी बगिरहेको छ ।
चारैतिर कोशीको भंगालोले घेरिएको बीचमा गोबरगाढा बस्ती छ । वडाध्यक्ष कुशेश्वर यादवका अनुसार अहिले बस्तीमा महिला, बालबालिकासमेत गरी २ सय ५० जना छन् ।
बस्तीमा पानी पसेपछि उद्धारका लागि सय जनासम्म बोक्न सक्ने डुंगा पठाइएको नगरप्रमुख वीरेन्द्र माझीले जनाए ।
प्रतिक्रिया