गौचन हत्यामा संलग्न थप दुई जना हतियारसहित पक्राउ

गौचन हत्यामा संलग्न थप दुई जना हतियारसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन्।

 

 

प्रहरीले बसन्त थेवे र धनराज योङहाङलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो।

 

 

 

प्रहरीले उनीहरुको साथबाट २ वटा पेस्तोल र १० राउण्ड गोली पनि बरामत गरेको छ। 

 

प्रहरीले गत मंगलबार मुख्य सुटरसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

 

 

गत असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनको मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानी हत्या गरेका थिए।