निर्माण व्यवसायी शरद गौचन हत्या प्रकरणमा मुख्य सुटरसहित तीन जना पक्राउ

निर्माण व्यवसायी शरद गौचन हत्या प्रकरणमा मुख्य सुटरसहित तीन जना पक्राउ


काठमाडौं – निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न मुख्य सुटरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर ल्याएको हो ।

पक्राउ पर्नेमा मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामा रहेका छन् । लोप्साङ लामा यसअघि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्या घटनाका मुख्य सुटर रहेको प्रहरीको भनाइ छ । बुढाथोकी भने सुटर नभइ हत्याका योजनाकार रहेको प्रहरीले बताएको छ ।

यद्यपी महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने उनीहरुलाई झापाको काकडभिट्टाबाट पक्राउ गरेको बताएका छन् । गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्ष अघि काठमाडौंमा नै भएको गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको महाशाखाको भनाइ छ ।