सार्वजनिक यातायातमा सित्तैमा गीत बजाउन नपाइने, रोयल्टी तिरेपछि मात्र बिलबुक नविकरण हुने

सार्वजनिक यातायातमा सित्तैमा गीत बजाउन नपाइने, रोयल्टी तिरेपछि मात्र बिलबुक नविकरण हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  अबदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा संगीत रोयल्टी तिर्नु पर्ने भएको छ।

यातायात व्यवस्था विभागले व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै सोमबारबाट यो व्यवस्था देशभरबाट एक साथ कार्यान्वयन गर्न लागिएको जनाएको छ।

यो नियम लागु भएदेखि एफएम, क्यासेट प्लेयर जुनसुकै माध्यमबाट गीत बजाउँदा पनि रोयल्टी तिर्नुपर्ने हुन्छ। गीत बजाएर रोयल्टी नतिरेमा प्रतिलिपी ऐन बमोजिम दुर्इ लाख रुपैयाँसम्मको तिर्नुपर्ने विभागले  जनाएको छ ।

तर यो नियम यो निजी सवारी साधनहरुमा भने लागु हुँदैन। विभागमा महानिर्देशक रुपनारायण भट्टराईले दिएको जानकारी अनुसार रुट इजाजत तथा बिलबुक नविकरणका लागि जाँदा संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

६ पाङग्रे ठूलो सवारी साधनले बार्षिक रुपमा दुर्इ हजार रुपैयाँ बुझाउनुपर्छ। ३ पाङग्रे ट्याम्पोले ८ सय रुपैयाँ, ट्याक्सी, माइक्रो, जीपले एक हजार रुपैयाँ, चार पाङग्रे मझौला मिनी बसले १४ सय रुपैयाँ, ट्रक, ट्याङकरले बार्षिक १२ सय रुपैया, मिनिट्रकले १ हजार रुपैयाँ, पिक अपले ९ सय रुपैयाँ तिर्नु पर्छ ।