सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विदेशी नागरिकता वा आवासीय अनुमति भए/नभएको एकीन गर्न अख्तियारको आग्रह

सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विदेशी नागरिकता वा आवासीय अनुमति भए/नभएको एकीन गर्न अख्तियारको आग्रह


काठमाण्डु–सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विदेशी नागरिकता वा आवासीय अनुमति भए /नभएको एकीन गरेर मात्रै नियुक्त गर्न नेपाल सरकारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ ।

मन्त्रिपरिषदमा नियुक्तिको प्रस्ताव पेश गर्दा सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिले विदेशी नागरिकता वा आवासीय अनुमति लिए /नलिएको बारे घोषणा अनिवार्य पेश गर्न मुख्य सचिवमार्फत् अख्तियारले मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको हो ।

कतिपय सार्वजनिक निकायले कानुनी व्यवस्था लागू नगरेकाले विदेशी नागरिकता र आवासायी अनुमति लिएकाले पनि सार्वजनिक पदमा नियुक्ति पाउने सम्भावना रहेकाले मापदण्ड,कार्यविधि र निर्देशिका तयार गरी लागू गर्न अख्तियारले सरकारलाई आग्रह गरेको हो ।

आयोगले मुख्यसचिवमार्फत् अन्य सार्वजनिक निकायको हकमा पनि यसअघि तोकिएको कानुनी व्यवस्थाअनुरुप व्यवस्था गर्न समेत निर्देशन दिन आग्रह गरेको छ ।

कानुनी व्यवस्था विपरित सार्वजनिक सेवामा नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न मापदण्ड, कार्यविधि, निर्देशिका तयार गरी लागू गर्नुपर्ने अख्तियारको सुझाव छ ।