काठमाण्डु– पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
पूर्वन्यायाधीश वस्तीको शुक्रबार हृदयाघातका कारण निधन भएको थियो। वस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबारका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको हो ।
आइतबार बिहान पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि भइसकेको छ ।
प्रतिक्रिया