स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्न सर्वोच्चमा रिट

स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्न सर्वोच्चमा रिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्नका लागि सर्बोच्चमा रिट परेको छ ।

बनेपा नगर पालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा स्थानीय सरकारको संबैधानिक अधिकारहरु संस्थागत गर्ने गराउने उद्येश्य साथ केन्द्रीय तथा प्रान्तीय सरकार प्रमुखहरु तथा सम्बन्धित बिभिन्न मन्त्रालयहरु बिपक्षी बनाई सर्बोच्च अदालतमा आज फाल्गुन २० गते आइतबार रिट दर्ता गरिएको हो ।

स्थानीय तहमा कर्मचारीको ब्यबस्थापन, प्राकृतिक स्रोत तथा बित्त आयोगको गठन साथै नयाँ बन्ने सबै कानुनहरु संबिधानको मर्म अनुसार संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय, सहकारिता र सहअस्थित्वको सिद्दान्तको आधारमा हुनु पर्ने माग राख्दै रिट निबेदन दर्ता गरिएको छ ।

६०९ दर्ता नम्बर रहेको रिटमा निवेदक ब्याञ्जुले स्थानीय सरकारलाई सबल र सक्षम बनाउनका लागी अबिलम्ब संबैधानिक अधिकारहरु लागु गर्नु पर्ने माग गरेका छन् ।