काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम र उपलब्धिको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
प्रधानमन्त्री ओलीले आईतबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का (अधिकारी) का अनुसार कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया