चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् ।
भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको बुधवार अनावरण गर्दै उनले भने “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”
स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।
प्रतिक्रिया