काठमाडौं- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन अतिक्रमण न्यूनिकरण गर्दै लगिएको दाबी गरेका छन् । मन्त्री बस्नेतले वन अतिक्रमण र वन विनास हुन नदिन सरकार सचेत रहेपनि त्यसलाई तत्काल नियन्त्रण गर्ने सम्भावना भने नरहेको स्पष्ट पारे ।
संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले वन विनासको काम सरकारले घटाउँदै लगेको बताए ।
मन्त्री बस्नेतले वन क्षेत्र नभएका एक सय ३५ वटा स्थानीय तहमा वन क्षेत्रको विस्तारका लागि सरकारले योजना बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश २ र प्रदेश ५ मा वन क्षेत्र नै नभएका स्थानीय तहहरु बढी रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकार योजना बनाउन लागिरहेको पनि समितिलाई जानकारी गराए । मन्त्री बस्नेतले वन क्षेत्रको कारण विकास, निर्माणको काममा अवरोध आउन नदिन आफू सचेत रहेको पनि बताए ।
प्रतिक्रिया