गुल्मी – गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
उनले सरकारले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध घेराबन्दी भएको आरोप लगाए ।
बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए । जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै उनले यो सदनमा पनि उठ्नु पर्ने बताए ।
गृहमन्त्री थापाले भने, ‘जनता र सरकार मिले मात्रै बलत्कार अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ ।’
प्रतिक्रिया