किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह गर्ने सरकारको घोषणा

किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह गर्ने सरकारको घोषणा


काठमाडौं– सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका किसानको सांवा २९ करोडभन्दा बढी रकम छ । सो रकमको ब्याज मात्र १ अर्ब भन्दा बढी पुगिसकेको छ ।

सो रकम ब्याजसहित कृषि विकास बैंकलाई सरकारले दिने भएको छ । यो ऋणबाट ६ सयदेखि ७ सय किसानले छुटकारा पाउनेछन् । मन्त्री बाँस्कोटाले तत्कालीन साना कृषि सहकारीबाट ऋण लिएका किसानको ऋण मिनाहा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय भएको बताएका हुन्।

गत मंसिर २४ गते सोमबारको मन्त्रिपरिषद्को बैठकले किसानले लिएको २९ करोड ३९ लाख रुपैयाँ बराबरको ऋण मिनाहा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता बाँस्कोटाले दिए।  सरकारले मिनाहा दिने भनी घोषणा गरेको रकमको सावाँ र व्याजसहित अहिले एक अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। यो निर्णयसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितोसमेत फुकुवा हुनेछ।