काठमाण्डु– आन्दोलनरत नेपाल शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले फेरि वार्तामा बोलाएको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले २७ गते वार्ताका लागि महासंघलाई आह्वान गरेको हो।
यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो ।
आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक-पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
शिक्षकहर विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका छन् ।
प्रतिक्रिया