सबै सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने सरकारको तयारी,अब प्यान अनिवार्य

सबै सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने सरकारको तयारी,अब प्यान अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । सरकारले सेयर कारोबार गर्ने साना ठुला सबै लगानीकर्तालाई करको दायरामा ल्याउने तयारी गरेको छ।

 

 

यसअघि धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य गर्ने योजना ल्याएको थियो ।

 

 

यस योजनाको लगानीकर्ताले विरोध गरेपछि पछि बोर्ड यो योजना लागु गर्न असफल भएको थियो।

 

हाल अर्थ मन्त्रालयले नै प्रक्रिया अगाडी बढाएपछि प्यान अनिवार्य हुन लागेको हो ।

 

 

अर्थ मन्त्रालयका राजश्वसचिव शिशीर ढुङानाका अनुसार सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन प्यान अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ।

 

 

सेयर लगानीकर्तालाई प्यान अनिवार्य लिने व्यवस्था कार्यान्वयनका लागि आन्तरिक तयारी भइरहेको उनले जानकारी दिए ।

 

हाल सेयर किनबेच गर्दा व्यक्तिगत ५ र संस्थागत १० प्रतिशत पुँजीगत लाभकर मात्र तिरे पुग्ने व्यवस्था रहेको छ।

 

 

हाल सेयर बजारमा १४ लाख बढी लगानीकर्ता भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व उठाउदै छ ।

 

 

पुँजीगत लाभकरको अतिरिक्त सेयर कारोबारबाट भएको कमाईको अब लगानीकर्ताले आफैले मूल्याँकन गरेर सोही अनुसार वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो ।

 

मूल्य अभिवृद्धि कर ९भ्याट० निर्धारण गरी तिर्नलाई कर कार्यालयले ब्रोकर कम्पनीलाई धमाधम पत्राचार गरिरहेको छ। यस्तै बेला सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउनका लागी यो व्यवस्था ल्याइने तयारी गरेको हो ।