काठमाण्डु – पत्रकार सरोजराज अधिकारी झुण्डिएको अवस्थामा फेला परेका छन् । सुन्धाराको होटल सिद्धार्थमा उनि झुण्डिएका अवस्थामा फेला परेको काठमाण्डौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । जासुसीको जालो र चक्रब्यूहमा चन्द्र सूर्यका लेखक रहेका अधिकारीले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।
सुरक्षा क्षेत्रमा कलम चलाउने अधिकारी कार्तिक २१ गते होटलमा पुगेका थिए । अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
अधिकारीकी श्रीमतीले उनि हराएको भन्द्र प्रहरीमा उजुरी दिएकी थिईन । उनको उजुरीपछि प्रहरीले उनको खोजी गरेपछि उनि मृत अवस्थामा फेला परेका हुन् ।
प्रतिक्रिया