काठमाण्डु – सरकारले मन्त्रालयका सचिवहरूको सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकको पुस २६ गतेको निर्णयअनुसार सचिवहरूको सरुवा गरिएको हो ।
सचिव विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
सचिव गणेश पाण्डेलाई महालेखा नियन्त्रकको कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
सचिव मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महादेश पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कायममुकायम मधेश प्रदेश सचिव र बाबुराम अधिकारीलाई कायममुकायम लुम्बिनी प्रदेश सचिवमा सरुवा गरिएको छ ।
प्रतिक्रिया