सांसद नवीनाले छुटाएका गुण्डा नाइके सत्यमान पुन : पक्राउ

सांसद नवीनाले छुटाएका गुण्डा नाइके सत्यमान पुन : पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय अपराध महाशाखा, टेकुले काभ्रेका सत्यमान लामालाई पुन : पक्राउ गरेको छ।

काभ्रेको तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई ज्यान मार्ने धम्की दिएको भन्दै महाशाखाले सोही ठाउँका सत्यमान लामालाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीले लामालाई असार २८ मा पक्राउ गरेको थियो। त्यतिबेला नेकपाकी सांसद नवीना लामाले उनलाई कारबाहीबाट जोगाएर उनको संरक्षण गरेकी थिइन्।

सत्यमान भारतमा नक्कली नोटको कारोबारी भएको आरोपमा पक्राउ परेका दावा लामाका सहयोगी हुन्। उनी नेकपाकै केही वरिष्ठ नेताहरु निकट मानिन्छन्। लामाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।