काठमाडौं– सांसद सत्य पहाडीले कालिकोट नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की महिला वडा सदस्य मुना सार्कीको हत्या घटनाको छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै सांसद पहाडीले गत जेठ १९ गते भएको घटनाका दोषिलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिन्। मृतकका दुई छोरा र दुई छोरीको अभिभावकत्व सरकारले लिनुपर्ने उल्लेख गर्दै सांसद पहाडीले पीडित परिवारलाई क्षतिपूर्तिको माग गरिन्।
तत्कालीन एमालेबाट वडा सदस्यमा निर्वाचित मुनाको यही जेठ १९ गते स्थानीयको कुटपिटका कारण मृत्यु भएको थियो । उनीमाथि छुवाछुतको आरोप लगाइएको थियो।
यसअघि गृहमन्त्री रामबहादुर थापाले सो घटनाको छानबिन गर्न समिति बनाएको जानकारी गराइसकेका छन्।
यसैगरी, सांसद पहाडीले कर्णाली प्रदेशका कयौं जिल्ला सडकसञ्जालले जोडिन नसकेकोभन्दै सदनमार्फत् सरकारको ध्यानाकर्षण गराइन्।
दुनै अस्पताल जाने सडकको करीब ३ किलोमिटर क्षेत्र पहिरोले पुुरिएको उल्लेख गर्दै पहाडीले आपतकालिन कोषको व्यवस्था गरिनुुपर्ने माग राखिन्।
जिल्ला अस्पताल जीर्ण अवस्था रहेकाले पुनर्निर्माण हनुपर्ने, दुनैमा विद्युत आपूर्तिको माग उनको छ।
प्रतिक्रिया