यौन शोषणको आरोप लागेका एसएसपी शौरभ राणा पक्राउ

यौन शोषणको आरोप लागेका एसएसपी शौरभ राणा पक्राउ


काठमाडौं – यौन शोषण काण्डमा मुछिएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

धरानमा रहेको सङ्‍घीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।बिहीबार निलम्बनमा पारेका राणामाथि एक महिलाले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको थियो ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । राणा नेपाल प्रहरीको ९८ औं टोलीका एसएसपी हुन् । २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिर सुरू गरेका उनका अधिकांश ब्याची अहिले प्रहरी नायब महानिरीक्षक९डिआइजी०मा बढुवा भइसकेका छन् ।