म्यानमामा बाढीका कारण विद्यालय बन्द

म्यानमामा बाढीका कारण विद्यालय बन्द


काठमाण्डु – दक्षिणी म्यानमारको बागो क्षेत्रमा स्थित पान्डाउङ बस्तीका १९ वटा विद्यालय अय्यारवाडी नदीको बढ्दो जलस्तरका कारण बन्द गरिएको छ ।

सरकारी म्यानमाको अलिन दैनिकले बिहीबार जनाएअनुसार पान्डाउङ बस्तीका माध्यमिक तथा प्राथमिक विद्यालयसहित १६० वटा विद्यालय रहेकोमा १६ जुलाईदेखि आएको बाढीका कारण तल्लो क्षेत्रका १९ वटा विद्यालय अस्थायी रूपमा बन्द गरिएको छ ।

बन्द रहेका विद्यालयमा २ हजार ८६४ जना विद्यार्थी र २०७ जना शिक्षक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार वर्षा नियन्त्रण भई नदीको सतहमा कमी आएपछि विद्यालयहरू पुनः खुल्नेछन् ।