सबै विद्यालयमा ३ दिन बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय

सबै विद्यालयमा ३ दिन बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय


काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी–पहिरोले देशभर प्रभाव पारेपछि ३ दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बाढी र पहिरोको असर सबैतिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयको निर्णय अनुसार आईतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुने भएका छन् ।

मन्त्रालयले भनेको छ, ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’

हेर्नुहोस् विज्ञप्ति –