काठमाण्डु – राजधानी काठमाण्डुस्थित बूढानीलकण्ठ नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई बिहीबारदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले बुधबार परिपत्र गर्दै बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न नगरभित्रका रहेका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।
नगरपालिकाले शिक्षककै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको र नगर शिक्षा समितिको २ गतेको निर्णयबाट कार्यपात्रोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।
संस्थागत विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन प्रभावकारी रूपमा सुचारु भइरहेकै समयमा सामुदायिक विद्यालयका शैक्षिक गतिविधिहरू नियमित रूपमा अगाडि बढ्न नसकेका कारण नगरपालिकाले शैक्षिक सुधार, विकास र उन्नयनको लागि अघि बढाएका शैक्षिक कार्यक्रमको कार्यान्वयनमा अवरोध खडा भएकाले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित भएको नगरपालिकाको परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया