संसदको कारोबार सरकारी बैंकबाट गर्न माग

संसदको कारोबार सरकारी बैंकबाट गर्न माग


काठमाडौं – सांसदहरूको तलब भत्ता पठाउने व्यवस्थाका लागि खोलिएका खाता सरकारी बैंकमा हुनुपर्ने प्रतिनिधिसभामा सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरू शशी श्रेष्ठ र बिनाकुमारी श्रेष्ठले सांसदहरूको तलब र भत्ता दिने व्यवस्था तथा अन्य कारोबार सरकारी वा सरकारको स्वामित्व भएको बैंकबाट गर्न माग गरेका हुन्।

शून्य समयमा सांसदहरुले अहिले एभरेष्ट बैंकमार्फत भइरहेको कारोबार बन्द गरेर सरकारी वा नेपालीकै स्वामित्व रहेको वाणिज्य बैंकबाट गर्न माग गरेका हुन् । एभरेष्ट बैंकको साट्टो राष्ट्रिय वाणिज्य बैंकबाट कारोबार गरियोस् ।

निजी र विदेशी लगानी भएको बैंकबाट होइन ।’ संघीय संसद सचिवालयले सांसद तथा कर्मचारलाई दिने तलब तथा भक्ता भारतीयको समेत लगानी भएको एभरेष्ट बैंकमार्फत भुक्तानी हुने गरेको छ । विदेशी लगानी भएको बैंकबाट आर्थिक करोबार हुँदा राज्यका जिम्मेवार व्यक्तिका गोप्य सूचना बाहिरिन सहयोग पुग्दै आएको छ ।