काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने नाम सिफारिस गर्न गठित सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया रद्द गरेको छ ।
प्राप्त आवेदनमा ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया रद्द गरिएको समितिले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस गठन गरेको समितिले शुक्रबार सूचना जारी गरेर प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो ।
अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन नसकेको हो ।
समितिद्वारा जारी सूचनामा ‘समितिको २०८१ असार १४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्ति नाम सिफारिस गर्न ०८० फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ भन्ने वाक्यांश राखिएको छ ।
प्रतिक्रिया