काठमाण्डु-२०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुने विद्यार्थीको लागि परीक्षा फारम खुलेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्म परीक्षार्थीले फारम भर्न म्याद दिएको छ ।
माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाईसमेत फारम भराउन कार्यालयले आग्रह गरेको छ ।
सबै शिक्षा विकास निर्देशनालय, बोर्डका प्रदेश र शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईं, स्थानीय तहका शिक्षा शाखा, महाशाखा, विद्यालय तथा विद्यार्थीलाईसमेत समयमै एसईई परीक्षाको फारम भर्न कार्यालयले आग्रह गरेको हो । एसईईको फारम दस्तुर कार्यालयले पाँचसय रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया