एसईई परिक्षा अवधिभर लोडसेडिङ नगर्न कुलमानलाई उर्जामन्त्री पुनको निर्देशन

एसईई परिक्षा अवधिभर लोडसेडिङ नगर्न कुलमानलाई उर्जामन्त्री पुनको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले एसईईको परिक्षा अवधिभर लाडसेडिङ नहुने व्यवस्था मिलाउन् नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

पुर्वी तराई र पश्चिम नेपालबाट उर्जामन्त्रीको सचिवलायमा राति लोडसेडिङ हुने गरेको गुनासो आएपछि उर्जामन्त्रीले पुनले बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका  अधिकारीहरुलाई  एसईई परीक्षा अवधिभर देशभर कहीँपनि  लोडसेडिङ  नहुने व्यवस्था मिलाउन  निर्देशन दिएका हुन् ।

एसईई परीक्षा बुधबारदेखि सुरु भएको छ भने चैत २० गतेसम्म चल्नेछ ।  एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।