काठमाण्डु – सिड्स फर द फ्युचरमा टिम नेपालले अन्य ६ टोलिसहित टीच फर गुड प्रोजेक्ट जितेकाे छ ।अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थी पहिलो पटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए ।
सीड्स फर द फ्युचर ह्वावेको विश्वव्यापी फ्ल्यागशिप कार्यक्रम हो जसको उद्देश्य स्नातक स्तरका आईसीटी विद्यार्थीहरू लक्षित रहेकाे छ । नेपालमा सन् २०२१ मा सुरु भएको यस कार्यक्रमले विद्यार्थीहरूबाट अत्याधिक सकारात्मक प्रतिक्रिया पाएको छ ।
एक हप्तामा उनीहरूले मेटाभर्स , फाइभ जी ए आइ र क्लाउडको बारेमा सिकेका थिए र UNESCAP कार्यालय र थाइल्यान्डका सांस्कृतिक साइटहरूको भ्रमण समेत भएकाे थियाे ।
सो अवधिमा उनीहरूलाई आफ्नो प्रोजेक्ट – अद्वैतलाई परिष्कृत गर्नका लागि राखिएको मेन्टरसँग काम गरेको पनि देखियो । अगस्ट २७ मा भएको टीच फर गुड प्रतियोगितामा अद्वैत विजयी प्रोजेक्टहरू मध्ये एक थियो। एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए जसमध्ये ७ टोलीलाई विजेताको रूपमा छनोट गरिएको थियो ।
अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआई प्रयोग गर्दछ । विचार यो हो कि औषधिको प्रत्येक फाइलमा क्यु आर कोड राखिएको छ । टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा टीच फर गुड एक्सेलेटर क्याम्पमा भाग लिनेछ जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन् ।
प्रतिक्रिया