काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् ।
१३ जनवरीमा बेलायती संसद भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा नेता कोइरालाले सम्वोधन गर्नेछन् ।
कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट, उद्योग, व्यापारी तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ ।
नेता कोइराला बेलायती मन्त्रीहरू वेष्ट र थोमसको निमन्त्रणामा ९ जनवरीमा त्यसतर्फ जाँदै छन् ।
वेलायतको संसद भवन भित्र त्यहाँका मन्त्री र सांसदलाई सम्वोधन गर्ने अवसर पाउने कोइराला पहिलो नेपाली नेता हुन् ।
प्रतिक्रिया