भूतपूर्व गोर्खा सैनिकको समान पेन्सनको विषयमा बेलायतसँग कुरा गर्छु : नेता कोइराला

भूतपूर्व गोर्खा सैनिकको समान पेन्सनको विषयमा बेलायतसँग कुरा गर्छु : नेता कोइराला


काठमाण्डु- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको समान पेन्सनको विषयमा आफूले बेलायतका मन्त्रीहरूसँग कुरा गर्ने बताएका छन् ।

लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रियामा नेता कोइरालाले उनले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले नेपालको वस्तुस्थिति क्षेत्रीय तथा विश्व रंगमंचमा उठाउनु पर्नेमा जोड दिए ।

नेपाल सरकारले संविधानको व्यवस्था अनुसार गैर नेपाल सकरारले आवासीय नागरिकता प्रदान गर्न सुरु गरे पनि त्यो कागजको खोस्टो भएको आलोचना गरे ।

कोइरालाले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नु परिरहेको समस्यामा सहयोग गर्न पनि बेलायत सरकारलाई आग्रह गरे ।

संसदले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको भएपनि आयोगमा कस्ता पदाधिकारीहरू नियुक्ति गरिन्छन् भनेर अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको उनले बताए ।

नेता कोइराला एक साता लामो भ्रमणमा बिहीबार बेलायत पुगेका हुन् । आइतबार उनले जनसम्पर्क समिति बेलायत तथा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित कार्यक्रमहरूलाई सम्बोधन गर्नेछन् । सोमबार बेलायती संसद्को एक कक्षमा गर्न आयोजना हुने एक बैठकमा उनले भाग लिने छन् ।

बेलायतका उद्योग व्यापार राज्य मन्त्री ग्यारेथ थोमस तथा परराष्ट्र सहायक मन्त्री क्याथराईन वेष्टद्वारा आयोजित उक्त बैठकमा बेलायतस्थित नेपाली समुदायका अगुवाहरूलाई पनि आमन्त्रण गरिएको छ ।