काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सेनामाथि राजनीति नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताउंदै त्यसमा राजनीति नगर्न चेतावनी दिएका हुन् ।
गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा बुधवार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको बताए । कोइरालाले कम्युनिस्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको दाबी समेत गरेका छन् ।
कोइरालाले राज्यका सबै निकायमा कम्युनिस्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको आरोप लगाए । संगठनका बारेमा कुरा गर्दै कोईरालाले पार्टीलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका भएपनि त्यस्ता व्यक्तिलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताए ।
प्रतिक्रिया