काठमाण्डु– राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरिरहेका बेला काठमाण्डुको बालकुमारीको सडकमा नेपाली सेनाको टोली परिचालन भएको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएपछि आम जनताले सेना परिचालन भएको अनुमान लगाएका छन् ।
बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटाइएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीले जानकारी दिए ।
आगलागीका घटना भएपछि त्यो एरियामा सेना परिचालन गरिएको केसीले काठमाण्डुपाटीलाई बताए ।
यता राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि गृहमन्त्री रमेश लेखकले सुरक्षाप्रमुखसँग बैठक समेत बोलाएका छन् ।


प्रतिक्रिया