पूर्वसेना प्रमुखहरूसँग प्रधानसेनापति सिग्देलले गरे छलफल

पूर्वसेना प्रमुखहरूसँग प्रधानसेनापति सिग्देलले गरे छलफल


काठमाण्डु-नेपाल सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वसेना प्रमुखहरूसँग छलफल गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सेनाका पूर्वप्रमुखहरूसँग संगठन सुदृढीकरणको विषयमा छलफल गरेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार, सेना प्रमुख सिग्देलले प्रधानसेनापति नियुक्त भएपछि अग्रजहरूसँग छलफल गरेर सुझाव लिए ।

छलफलमा पूर्वप्रधानसेनापतिहरू प्रभुराम शर्मा, पूर्णचन्द्र थापा, राजेन्द्र क्षेत्री, गौरव शमशेर राणा, प्यारजंग थापा, प्रज्वल शमशेर राणा लगायत सहभागी थिए ।
सिग्देल भदौ २४ देखिसेनाको प्रधानसेनापति नियुक्त भएका हुन् ।