काठमाण्डु– नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा २६२ औँ स्थापना दिवस मनाएको छ । बुधबार महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका हुन् ।
विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतिसबाजी प्रदर्शन गरिएको छ।
सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका हुन्। हेलिकप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको व्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो।
प्रतिक्रिया