यी हुन् सेनाका जर्नेल फसाउने युवती ?

यी हुन् सेनाका जर्नेल फसाउने युवती ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीको बदमासीका कारण अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिएका छन् । कृषि विकास वैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर  बैंकमा करिब ५ करोड हिनामिना गरेपछि अनुसन्धानमा सेनाका जर्नेल पनि मुछिएका हुन ।

 

 

यि दुईसंगै बैंकका अन्य चार कर्मचारी प्रहरी हिरासतमा पुगेका छन् । सेनाका जर्नेल वाहेकलाई सिआईबीले पक्राउ गरिसकेको छ भने जर्नेल कोर्ट मार्षलमा परेका छन।

 

 

उनिहरु सबै यिनै युवतीको बदमासीकै  फसेका हुन् । उक्त घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथीमाथि सेनाले कोर्टमार्सल शुरु गरेको छ । घोटालाको रकम  उपरथी डा रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।

 

 

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ  घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता नै पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर  रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा थप कर्मचारी पनि तानिएका हुन् ।

 

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको  अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए ।  दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ ।  सैनिक प्रहरीले  गत साता  नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरीक छानबिन सुरु गरिसकेको छ ।  

 

सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेको बारे जर्नेल बिष्ट र दिपिकाको आमालाई पहिलदेखि नै थाहा थियो । दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन् ।

 

लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतीका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरीक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरीक अनुसन्धान गरी कारबाही गर्दछ । सैनिक अदालतले कैद सजाय समेत तोक्दछ ।