वैतडीमा चट्याङ लागेर क्याप्टेनसहित २२ सैनिक जवान घाईते,५ को अवस्था गम्भिर

वैतडीमा चट्याङ लागेर क्याप्टेनसहित २२ सैनिक जवान घाईते,५ को अवस्था गम्भिर


वैतडी– चट्याङ लागेर नेपाली सेनाका २२ जना जना जवान घाईते भएका छन् । मंगलवार सांझ परेको चट्याङका कारण वैतडीमा रहेको सेनाको शत्रुमर्दन गुल्मका क्याप्टेन नरेश अर्यालसहित २२ जना जवान घाईते भएका हुन ।

घाईतेमध्ये ५ जनाको अवस्था गम्भिर छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनिहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । जंगलमा तालिम गरिरहेको बेला परेको चट्याङका कारण सैनिक जवान घाईते भएको क्याप्टेन अर्यालले बताए ।

सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सुदिप बानियाका अनुसार गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन् । अन्य घाईतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।