सेनाका उपरथी खरेललाई फोर्स कमाण्डरको जिम्मेवारी

सेनाका उपरथी खरेललाई फोर्स कमाण्डरको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका उपरथी शिवराम खरेलले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले उपरथी खरेललाई कार्यवाहक मिसन प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सिरिया र इजरायलको बोर्डरमा रहेको डिसइन्गेजमेण्ट अवजर्भर फोर्स (अनडफ) मिसनको फोर्स कमाण्डर रहेका घानाका मेजर जनरलको अप्रिलमा निधन भएपछि उनको ठाउमा खरेललाई जिम्मेवारी दिइएको हो । खरेल यसअघि लेवनानमा रहेको युनिफिल मिसनको डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत थिए ।

उपरथी खरेल नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको सैनिक सहायक समेत रहेका थिए । खरेल सहायकरथी हुंदा सेनाको निति निर्देशनालयमा निर्देशक समेत थिए ।

नेपाली सेना संयुक्त राष्ट्रसंघमा फौजको योगदान पुर्याउने हिसावले पांचौ मुलुक हो । सेनाले युएनमा उच्च तहमा सहभागिताको लागी लविङ्ग गर्दै आएको छ ।