सेनाले मधेषमा बनायो १५ दिनमा ४० किलोमिटर सडक,स्थानिय बासिन्दा खुसीले गदगद

सेनाले मधेषमा बनायो १५ दिनमा ४० किलोमिटर सडक,स्थानिय बासिन्दा खुसीले गदगद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले दुई नम्बर प्रदेशमा बाढीबाट प्रभावित ८ वटा जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरु मरामत तथा स्तरोन्नती गर्ने काम सम्पन्न भएको जनाएको छ । गत श्रावण महिनामा परेको अविरल वर्षापछि दुई नम्वर प्रदेशका विभिन्न जिल्लामा सडक र पुल भत्केपछि स्थानिय जनता मर्कामा परेका थिए ।

 

 

असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले मरामत तथा स्तरोन्नती गर्ने काम भदौ १२ देखि सुरु गरेको थियो ।

 

 

सैनिक जनसम्र्पक निर्देशनालयकाअुसार सेनाले प्रदेश नम्बर २ को ८ वटा जिल्लामा सडक, पुल र कल्भर्ट मरामत तथा स्तरोन्नती गर्ने कामको लागि खट्टिएको सैनिक टोलीले जम्मा ४०.६८ किलो मिटर सडक, ३ वटा पुल र २१ वटा कल्भर्टहरु मरामत तथा स्तरोन्नती गर्ने कार्य सम्पन्न गरेको छ ।

 

 

 

सेनाले सडक,कल्र्भट र पुल मर्मत गरेपछि स्थानिय बासिन्दाहरु खुसी भएका छन् ।