प्रधानसेनापतिलाई खुसी बनाएर लेखापाल भए सेनामा दुई तारे जर्नेल,यस्तो छ कुवेर जर्नेलको नालीवेली ?

प्रधानसेनापतिलाई खुसी बनाएर लेखापाल भए सेनामा दुई तारे जर्नेल,यस्तो छ कुवेर जर्नेलको नालीवेली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोशन खड्का, काठमाडौं– सेनामा कुनै बेला नरेश वस्नेत नाम निकै चर्चित थियो ।  विकास निर्माण हेर्ने गरी खडा भएको सेनाको विकास निर्माण तथा स्तपति निर्देशनालयको प्रमुख थिए सहायकरथी नरेश वस्न्यात ।

 

 

 

उनै वस्नेतले प्रायः सेनाका सवै प्रधानसेनापतिलाई खुसी बनाउथे र आफु अुनुकुल प्रयोग गर्थे । आर्थीक रुपमा निकै आकर्षक मानिने उक्त विभागलाई वस्नेतले करिव १० वर्ष मनपरि चलाए ।

 

 

सबै प्रधानसेनापति,रक्षामन्त्री र रक्षासचिवलाई पनि खुसि बनाए । त्यतिमात्र होईन उक्त विभागलाई वस्नेतकै लागी भनेर शाखा,महाशाखा,निर्देशनालय हुदै महानिर्देशनालय बनाईयो ।

 

 

 

 

प्रमुख सेनानी प्रमुख हुने व्यवस्थालाई आफु अनुकुल प्रयोग गरेर दुई तारे जर्नेलको दरबन्दी उनै बस्नेतको लागी थपिदै गयो । त्यसमा सेनाले आवश्यकताभन्दा पनि एउटा व्यक्तिलाई हेरेर दर्जा बढाएको आरोप कतिपय सैनिक अधिकारीले लगाउने गर्थे ।

 

 

 

पछि त तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाको पालामा विकास निर्माण हेर्ने गरी नै तिन तारे जर्नेल थप्ने कोशिस पनि भयो । तर, तत्कालिन सरकारले तीन तारे जर्नेल नथप्ने निर्णय गरेपछि वस्नेतको योजना तुहियो र उनि अवकास भए ।

 

सेनामा अहिले फेरी अर्का नरेश वस्नेतको निकै चर्चा छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई खुसी बनाएर सेनाका एक जना लेखापाल दुईतारे जर्नेल वन्न सफल भएका छन् ।  अर्थमन्त्रालय र त्यहाको बजेट महाशाखालाई पनि खुसी पार्न सफल अधिकारी सेनाको बजेट शाखाको प्रमुख (महासेनानी) हुर्दै निर्देशनालय (सहायकरथी)  र हाल आर्थीक प्रशासन विभाग (दुई तारे जर्नेल  प्रमुख हुने) बनाउन सफल भएका छन् ।

 

 

 

सेनाको संगठन पुर्नसंरचनाको नाममा अहिले आर्थीक प्रशासन विभाग बनाइएको छ ।  संगठनमा आवश्यकताअनुसार संरचना हेरफेर हुुनलाई सामान्य मान्न सकिन्छ । तर,कुनै व्यक्ति विशेषलाई हेरेर दर्जा थप गर्नुलाई भने स्वभाविक मान्न नसकिने एक सैनिक अधिकारीको भनाई छ । प्रधानसेनापति क्षत्रीले उनै अधिकारीलाई बढुवा गर्न आर्थीक प्रशासन विभाग बनाएको सैनिक वृतमा चर्चा छ ।

 

 

प्रधानसेनापति क्षत्रीलाई घर जाने बेला खुसी बनाएर सेनामा लेखा हेर्ने एक जना सहायकरथी दुई तारे जर्नेल बन्न सफल भएका छन् । हाल बजेट निर्देशनालयमा लेखा सहायकरथी रहेका भुवन बहादुर अधिकारीलाई मंसिर ८ मा उपरथीमा बढुवा गरिएको छ । उनलाई प्रधानसेनापति क्षत्रीले दज्र्यानी चिन्ह समेत लगाइसकेका छन् ।

 

 

 

सेनामा निकै महत्वपुर्ण मानिने निती महानिर्देशनालय छ । त्यसको दुई तारे जर्नेल छन् उपरथी शरद गिरी । उपरथीमा बढुवा भएसंगै सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी अधिकारीले पाएका छन् । उक्त विभाग पनि निती विभागअन्र्तगत नै पर्ने गर्छ ।  

 

 

‘दुई तारे जर्नेलको मातहत अर्को दुई तारे जर्नेल राखिनुलाई सेनामा सबैले अस्वभाविक रुपमा लिएका छन् । खै प्रधानसेनापतिले के गर्न खोज्नुभएको हो, दुई तारेको मातहत नै दुई तारेर राख्नु राम्रो परम्परा होईन ।’  एक उच्च सैनिक अधिकारीले काठमाडौंपाटीसंग भने ।  सेनामा निती विभाग निकै महत्वपूर्ण विभाग मानिन्छ ।

 

 

तत्कालिन प्रधानसेनापति रुकमांगत कटुवालको पालामा सैनिक आर्थिक प्रशासन विभाग अस्तीत्वमा थियो । कटुवालले आफ्ना निकटस्थ जर्नेललाई बढुवा दिन आर्थीक प्रशासन विभागमा दुई तारे जर्नेल राख्ने परम्परा सुरु गरेका हुन ।

 

 

उनले तत्कालिन सहायकरथी शरद कुमार न्यौपानेलाई उपरथीमा बढुवा गर्न उक्त विभाग बनाएका थिए । न्यौपानेले अवकास पाएसंगै उक्त दरबन्दीलाई स्टाफ कलेजमा मिलान गरिएको थियो ।

 

 

 

उपरथीमा बढुवा भएका अधिकारीले सेनामा बजेट मिलाएर प्रधानसेनापतिलाई पोसेको आरोप पनि बेला–बेला लाग्ने गरेको छ । उनले बजेटको दुरुपयोग गरेको भन्दै कार्वाही गर्नुपर्ने आवाज सेनाभित्र पटक–पटक उठेपनि प्रधानसेनापतिको संरक्षणमा उनको दर्जा भने दिनानु दिन बढिरहेको छ ।

 

 

सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले सेनाले आवश्यकताअनुसार नै संरचना बनाएको दाबी गरे । उनले आर्थीक प्रशासन विभाग नितीअन्र्तगत नभई प्रधानसेनापति मातहत रहेको बताए ।