काठमाण्डु– राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्तबेचेर खाएको आरोप लाएका छन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह राजा वन्न लायक नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएका देउवालाई शाहीले बीपीको सिद्धान्त बेचेर खाएको आरोप लाएका हुन् ।
उनले भने ”बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू। हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो ?
जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ ?
प्रतिक्रिया