परराष्ट्र सचिव सेवा लम्साल भारतपछि सोमबार चीन जाने

परराष्ट्र सचिव सेवा लम्साल भारतपछि सोमबार चीन जाने


काठमाण्डु -परराष्ट्र सचिव सेवा लम्साल चीन भ्रमणमा जाने भएकी छन् । भारत भ्रमण भर्खरै सकेर आएकी लम्साल सोमबार चीनको कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन चीन जान लागेकी हुन् ।

परराष्ट्र सचिव लम्सालले फोरमलाई मंगलबार सम्बोधन गर्नुका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । फोरममा सहभागी हुन् राष्ट्रिसभा उपाध्यक्ष बिमला घिमिरे शनिवार कुनमिङ पुगिसकेकी छन् ।

फोरममा यसअघि उपराष्ट्रपति र उपप्रधानमन्त्री तहको भ्रमण हुंदै आएकोमा यसपटक भने राष्ट्रिसभा उपाध्यक्ष र परराष्ट्र सचिवको सहभागिता हुने भएको छ ।