परराष्ट्र सचिव र चीनको युनान प्रान्तका उपगभर्नरबीच भेटवार्ता

परराष्ट्र सचिव र चीनको युनान प्रान्तका उपगभर्नरबीच भेटवार्ता


काठमाण्डु-चीन भ्रमणामा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले चीनको युनान प्रान्तका उपगभर्नर वाङ हाओसँग भेटवार्ता गरेकी छिन् ।

चीनको कुनमिङमा जारी पाँचौं चीन–दक्षिण एसिया सहयोग सहकार्य मञ्चमा भाग लिन पुगेकी उनले आज उपगभर्नर वाङसँग भेट गरेकी हुन् । मन्त्रालयका अनुसार भेटमा उनीहरूबीच व्यापार, पर्यटन, जनस्तरको सम्बन्ध र कनेक्टिभिटीका क्षेत्रमा सहयोग लगायत आपसी हितका विषयमा छलफल भएको थियो ।

बुधबार मञ्चमा सम्बोधन गर्दै परराष्ट्र सचिव लम्सालले नेपाल सरकारले ‘हिमालय सिमापार बहुआयामिक सम्पर्क संजाल’ अन्तर्गत विकास सहकार्यलाई महत्व दिने बताएकी थिइन् ।

लम्सालले हिजो चिनियाँ विदेश मन्त्रालयमा एसिया मामिलाका विशेष दूत रहेका डेन सिजुनसँग भेटवार्ता गरेकी थिइन् ।