अस्ट्रेलियाका किशोर–किशोरीमा सेक्सको चाहाना आमा–बुवा भन्दा कम !

अस्ट्रेलियाका किशोर–किशोरीमा सेक्सको चाहाना आमा–बुवा भन्दा कम !


क्यानबेरा – सामाजिक संजाल, डेटिङ एप्स र पोर्नोग्राफीका कारण अस्ट्रेलियका किशोर–किशोरी आफ्ना आमा बुवाको तुलनामा आधा मात्रै सेक्स गर्ने गरेको विज्ञहरुले बताएका छन् ।

१८ देखि २४ वर्षसम्म उमेरका ४० प्रतिशत मानिसिले कहिलेपन सेक्स नगरेको र १५ प्रतिशतले महिनाको एक पटक मात्रै सेक्स गर्ने गरेको बताएका छन् । यो मामिलामा ४० देखि ४९ उमेरका मानिसमध्ये ३० प्रतिशतले महिनामा एक पटक मात्रै सेक्स गर्ने गरेको अस्ट्रेलिया टक्सले ५० हजार मानिसमाझ गरेको सर्भेले देखाएको छ ।

टिनेजले वास्तविक विश्वको विकल्पमा अनलाइन सम्पर्क गर्ने गरेको र उनीहरुले फेस–टु–फेस सञ्चार गर्ने क्षमता पनि गुमाएको यौन विज्ञ ज्याकुलाइन हेलयेरले बताए ।

‘टेक्सटको माध्यमबाट सञ्चार गर्नुको अर्थ युवा वयष्कले लवज, बडी ल्याङ्ग्वेज र मानविय सम्पर्क गुमाएका छन् । जुन वास्तविक जीवनमा हुने गर्छ,’ हेलयेरले बताएको टेलिग्राफले प्रकाशित गरेको छ ।

सिड्नीका सेक्स थेरापिस्ट सुसन टकवेलले भनिन्,‘मानिसहरु कसरी उत्तेजित हुन्छन् भन्ने विषयलाई अनलाईन पोर्नोग्राफिले परिवर्तन गरिरहेको छ ।’

‘मानिसहरु पोर्नोग्राफिक इमेजबाट उत्तेजित हुने गरेका छन् । जबकी अन्यले डिजिटल संसारबाट वास्तविक संसारमा आफ्नो सम्बन्ध राख्न सकेका छैनन,’ उनको भनाई थियो ।

‘उनीहरु डिभाइसमा समय बिताइरहेको बेलामा उनीहरुले अरुलाई यौनका लागि उत्तेजित गरिरहेका हुन्छन् । तर जब मानिससँगको सम्पर्कको समय आउदा यो चिन्ता उत्पन्न गर्ने किसिमको हुन्छ,’ उनले बताइन् ।

किशोर–किशोरीले सेक्स नगर्नुको अर्को कारणमा उनीहरु नांगो देखेपछि डराउनु रहेको छ ।