नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार !

नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै सम्बन्ध राखे बलात्कार ठहरिने आदेश जारी गरेको छ।

 

 

सर्वाेच्चले १८ वर्षमुनिको श्रीमतीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै नाबालिग श्रीमतीले १ वर्षभित्र मुद्दा दर्ता गर्न अधिकार दिएको छ। यद्यपि बलात्कारसम्बन्धी आईपीसीको धारा ३७५ मा एउटा अपवाद पनि छ जुनअनुसार म्यारिट रेपलाई अपराध मानिँदैन।

 

 

 

यसको मतलब यदि पत्नीको स्वीकृतिविना पतिले शारीरिक सम्बन्ध बनाउँछ भने त्यो अपराध हुँदैन भन्ने कुरा उक्त बुँदामा उल्लेख छ।

 

 

भारतमा विवाहको लागि महिलाको १८ र पुरुषको २१ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ। योभन्दा कम उमेरमा विवाह भए त्यसलाई अवैधानिक मानिन्छ।

 

केन्द्र सरकारले भने दिल्ली हाइकोर्टमा वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न नहुने र यसले विवाह संस्था अस्थिर हुने तर्क राकेको थियो।